चेल्सीलाई पहिलो फिफा क्लब विश्वकप

डिसी नेपाल
१ फागुन २०७८ ८:३२
136
Shares

काठमाडौं। इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे।

यस संगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो। क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ। अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *