प्रधानन्यायाधीश जबराविरुद्ध ९८ जना सांसदको हस्ताक्षरसहित संसदमा महाभियोग दर्ता

डिसी नेपाल
१ फागुन २०७८ ११:३५
80
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ । संसदमा दर्ता भएको महाभियोग प्रस्तावमा ९८ जना सांसदको हस्ताक्षर भएको बताइएको छ । संविधानअनुसार कूल कायम संख्याको एक चौथाइ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ । प्रस्ताव पारित हुन भने दुई तिहाइ बहुमत चाहिन्छ ।

प्रधानन्यायाधीशविरुद्ध सत्तारुढ दलकै तर्फबाट महाभियोग प्रस्ताव दर्ता भएको हो । प्रस्ताव दर्ता गराउन दिलेन्द्रप्रसाद बडुसहित सत्तारुढ दलका सांसद संसद् सचिवालय पुगेका थिए । आइतबार बिहान ११ बजेर १० मिनेटको समयमा ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको न्यायीक र प्रशासनीक कार्य गर्न असमर्थ भएको भन्दै महाभियोग प्रस्ताव आएको संसद् सचिवालयले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.