सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।
साथै एमसीसी सदनमा पेस गर्ने तयारी भइरहेको भनिएको र संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अवरोध लगायत विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment