संयोग वा योजनावद्धः दुई प्रधानन्यायाधीशविरुद्ध स्थानीय चुनाबको मुखमा महाभियोग
काठमाडौं। सत्तारुढ पार्टीहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीस चोलेन्द्र समशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे। महाभियोग प्रस्ताव दर्तासँगै प्रधानन्याधीस राणा निलम्बनमा परेका छन्।
करिव ४ वर्ष अघि तत्कालिन प्रधानन्यायाधीस सुशीला कार्की विरुद्ध पनि यसैगरी महाभियोग प्रस्ताव दर्ता भएको थियो। चार वर्षको अन्तरालमा दर्ता भएका यी दुई महाभियोग प्रस्तावबीच एउटा कुरा समान छ। त्यो हो-यी दुवै महाभियोग प्रस्ताव स्थानीय तहको निर्वाचन मिति घोषणा भएपछि दर्ता भएका हुन्।
यसअघि २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि सरकारले २०७३ साल फागुन ९ गते निर्वाचन मिति घोषणा गरेको थियो। फागुन ९ गते सरकारले २०७४ वैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो। पछि उक्त निर्णय संशोधन गर्दै तीन चरणामा स्थानीय तहको निर्वाचन गरिएको थियो।
त्यतिबेला सरकारको नेतृत्व गरेका थिए नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले। प्रचण्डको सरकारलाई साथ दिएको थियो नेपाली कांग्रेसले।
निर्वाचनको मिति नजिकिदै गर्दा २०७४ वैशाख १७ गते तत्कालिन प्रधानन्यायायधी सुशीला कार्कीविरुद्ध कांग्रेस र माओवादीले महाभियोग दर्ता गरेका थिए। महाभियोगको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा बनेका थिए भने समर्थक माओवादीका तत्कालीन सचेतक टेकबहादुर बस्नेत।
कार्कीको कार्यकाल करिव एक महिना बाँकी हुँदा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको थियो। प्रस्तावमा तत्कालिन २५१ सांसदको हस्ताक्षर रहेको थियो। संयोग हो वा योजनावद्ध स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि आइतबार प्रधानन्यायाधीस चोलेन्द्र समशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको छ। सरकारले गत माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकैचरणमा गर्ने घोषणा गरेको थियो।
आइतबार दर्ता गरिएको महाभियोग पत्रमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का ९८ जना सांसदहरुको हस्ताक्षर रहेको छ। अहिले सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् भने सरकारमा माओवादी, एकीकृति समाजवादी र जनता समाजवादी पार्टी, नेपाल सहभागी छन्। दुवै महाभियोगमा कांग्रेस र माओवादी सहभागी भएका छन्।







डिसी नेपाल








Facebook Comment