एमसीसी सदनमा टेबल भएमात्र हामीले हाम्रो मत अभिव्यक्त गर्ने हो: एमाले उपमहासचिव रिमाल (भिडियोसहित)
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले एमसीसी परियोजनामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वैध चरित्र देखाएको बताएका छन् । एमसीसी सरकारमा रहँदा एमालेले अगाडि बढाउन प्रयत्न गरेको तर अहिलेको सरकारले द्वैध चरित्र देखाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका हुन् ।
डिसी नेपालको ‘द ब्रिज टक शो’कार्यक्रममा शनिबार अर्जुन दाहाल सँगको कुराकानीमा उनले एमसीसीलाई सत्ता गठबन्धनले भूराजनीतिक झमेलाको विषय बनाउन खोजेको बताएका हुन । एमसीसी परियोजना पास गर्ने मुख्य अबरोधक प्रचण्ड नै रहेको र सभामुखले सदनमा त्यसलाई रोकेका उनको आरोप छ ।
आफूहरुको सरकारले तत्कालिन अवस्थामा सबैको राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउन खोजेको समेत प्रष्ट्याए । उनले भने,‘हिजो सरकारमा रहँदा हामीले पारित गर्न खोजेको हो तर अहिले हामी विपक्षमा हुँदा हाम्रो कुनै भुमिका रहँदैन, सदनमा टेबल भए मात्र हामीले हाम्रो मत अभिव्यक्त गर्ने हो ।’
सदनको बिजनेश अगाडि नबढाएर सभामुखले एमसीसीलाई गिजोलेको बताए । सत्तारुढ गठबन्धनले एमसीसीलाई भयानक र रहस्यमय बनाएर कुटनैतिक मर्यादामा आँच पुर्याएको, बिदेशी अनुदान र सहयोगको गलत प्रचार गरि कुटनैतिक मर्यादामा दिर्घकालीन असर पार्ने काम गरिरहेको समेत आरोप लगाए ।
एमसीससीमा एमालेको प्रष्ट धारणा रहेको र यसलाई अतिरञ्जीत र अफवाहपुर्ण तवरले केही नेताहरुले दुष्प्रचार गरेको उनको दाबी छ । ‘ बिदेशी अनुदान सहयोग हो सहमतीमा टुङग्याउ भनेर सरकारमा रहँदा भनेकै हो तर एमालेप्रतिको पुर्वाग्रहले उहाँहरुले मान्नुभएन, अहिले जनतामा एमाले एमसीसीको पक्षधर आफुहरु बिपक्षी भन्ने ढंगले प्रचार गर्ने र अकोतिर अमेरिकासमक्ष जसरी भए पनि पास गर्छौ भनेर चिठी लेख्नुले गठबन्धनको चरीत्र उदाङगो भएको छ । ’
अमेरिकाले एमसीसी पास गर्न दबाब दिएको प्रसंगबारे रिमालले प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाल फेब्रुअरी २८ सम्म पारित गर्ने प्रतिबद्धता गरेकाले नै अमेरिकाले दबाब दिएको बताए । सत्तारुढ गठबन्धनले बिदेशी सहायताको अनावश्यक बखेडा र भ्रमपुर्ण तर्क पेश गरी दातृ निकायको सहयोगलाई भ्रामक र अन्यौलपुर्ण बनाएको उनको जिकिर छ ।
एक फरक प्रसंगमा उनले माधव नेपालको दल कुनै पार्टी नभएको भन्दै एमालेलाई कमजोर बनाउन माधव नेपाल योजनाबद्ध डिजाईनीङमा लागेको आरोप लगाएका छन् । माधव नेपाल र झलनाथ खनाल बाहेक अन्यलाई एमालेमा आएमा स्वागत गरिने तर नेपाल र खनालको लागि एमालेमा ढोका बन्द गरिएको समेत खुलासा गरेका छन् ।







डिसी नेपाल








Facebook Comment