विवेकशील साझा पार्टीका पवन थापाले छाडे रविन्द्र मिश्रको साथ
काठमाडौं । रविन्द्र मिश्र नेतृत्वमा रहेको विवेकशील साझा पार्टीका संघीय अभियान विभाग सदस्य पवन थापा मगरले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
पार्टीभित्र रविन्द्र मिश्रको अवैधानिक हस्तक्षेप भएका भन्दै विवेकशील साझामा पटक पटक ‘भुईचालो’ जाने गरेको छ । यसै क्रममा थापा मगरले पार्टीबाट साथ छोडेको घोषणा गरेका छन् ।
भर्खरै मात्र मिलन पाण्डे समूहले रविन्द्र मिश्र विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता पनि गरेको छ ।
रविन्द्र मिश्रको साथ छोडेका पवनको घोषणा जस्ताको तस्तै:
रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाबाट अलग भएको घोषणा
तत्कालिन साझा पार्टी घोषणा भएको पहिलो दिनदेखि नेपालमा सामाजिक न्याय सहितको समतामुलक समृद्धी प्राप्तिका लागि वैकल्पिक राजनीति आवश्यक ठानेर म विगत ४ वर्षदेखि साझारविवेकशील साझा पार्टीमा अनवरत सक्रिय थिएँ।
आज फर्केर हेर्दा, साझा पार्टी मार्फत नेपाली राजनीतिमा योगदान गर्ने मेरो निर्णयबारे म गम्भीर आत्मसमिक्षा गर्नुपर्ने ठाँउमा पुगेको छु। पार्टीका सँस्थापक नेताहरु शुर्यराज आचार्य, ओमप्रकाश अर्याल, मुमाराम खनाल लगायतको वहिर्गमन र विवेकशील साझा भएपछि पटकपटकको विग्रहले पार्टीको नेतृत्व गतिहिन, पश्चगामि र नेपालको बहुलवादी, बहुधार्मिक, बहुभाषिक शहिष्णु समाजलाई एकल धार्मिक राजतन्त्रात्मक राज्य बनाउन उद्यत भएको अहिले पुष्टि हुन गयो।
हालै, पार्टीको विधान च्यातेर, एकिकरण घोषणापत्र र पार्टी स्थापनाको मर्म कुल्चेर ‘मार्ग परिवर्तन’को नाममा देशमा धार्मिक द्न्द्व निम्त्याउने र मुलुकको संविधान र व्यवस्था उल्ट्याउने विचारमा पार्टी लैजाने दुशप्रयाश भयो। पार्टीको मूल नीति फेर्ने र पार्टीको नेतृत्वलाई कारवाही गर्ने जस्ता अलोकतान्त्रिक काममो हामीले पार्टीमा सशक्त विरोध गर्यौँ।
तथापी, पार्टी अध्यक्ष नै संविधान, व्यवस्था र मुलुकको हित विपररितको बाटोमा हिँडिसकेको, पार्टीमा तथाकथित उच्च जातिवादी, नश्लवादी र सामाजिक न्याय विरोधी जमात हुर्किरहेको सन्दर्भमा मेरो उर्जा खर्च गर्नु व्यर्थ ठानेको छु। आजै देखि रवीन्द्र मिश्र नेतृत्वको पार्टीरघटकको संघीय अभियान विभाग सदस्य लगायतका सबै जिम्मेवारीहरुबाट अलग भएको जानकारी गराउँदछु। म निरन्तर नेपालमा सामाजिक न्याय, संविधानवाद र लोकतन्त्रान्त्रिक गणतन्त्रको रक्षाका लागि वैकल्पिक राजनीति मार्फत आफ्नो क्षमताले भ्याएसम्म योगदान गरिरहनेछु।
नेपाल आमाको जय होस्।
भवतु सब्ब मंगलम् !!!
पवन थापा मगर
बराहताल-०५, सुर्खेत
संघीय अभियान विभाग सदस्य, विवेकशील साझा पार्टी।
मितिः २०७८ फाल्गुन १ गते।







डिसी नेपाल








Facebook Comment