एमाले संसदीय दलकाे बैठक बस्दै, प्रधानन्यायाधीश जबराविरुद्धकाे महाभियाेगका विषयमा छलफल हुने

डिसी नेपाल
२ फागुन २०७८ ६:५१
60
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज साेमबार बस्दैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्। महाभियोग दर्ता भएसँगै आइतबार बसेकाे एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेकाे छ।

यसैबीच आइतबार बसेकाे एमाले सचिवालय बैठकले  प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियाे।

बैठकले सर्वोच्चमा विचाराधीन कतिपय मुद्दा प्रभावित गर्ने गरि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको प्रस्ताव आएको निष्कर्ष निकालेको छ। उसले सर्वोच्चलाई सत्ताको निर्देशन बमोजम चल्ने निरीह बनाउन खोज्ने काम गठबन्धनले गरेको आरोप लगाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.