अफगानिस्तानका पूर्व राष्ट्रपतिले तालिबानको पक्षमा आवाज उठाए, अमेरिकासँग यस्तो आग्रह

डिसी नेपाल
२ फागुन २०७८ ११:४३
48
Shares

काठमाडौं। अफगानिस्तानमा अहिले तालिबानको शासन छ तर तालिबानको अन्तरिक सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । तालिबान सरकारले मान्यता नपाएकै कारण अफगानिस्तानको अरबौं डलर रकम विदेशमा फ्रिज गरिएको छ । तर, अफगानिस्तानमा अमेरिका समर्थित सरकारका राष्ट्रपतिले भने फ्रिज गरिएको रकम तालिबान सरकारलाई दिनुपर्ने पक्षमा आवाज उठाएका छन् ।

अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइले आइतबार काबुलमा एक पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अफगान बैंकको फण्डका विषयमा आफ्नो निर्णय उल्ट्याउन र अफगानिस्तानको सबै पैसा फिर्ता दिन भनेका छन् । अफगानिस्तानको समाचार च्यानल टोलो न्यूजका अनुसार कारजाइले भनेका छन् ‘यो पैसा कुनै सरकारको होइन अफगानिस्तानका जनताको हो र यो देशको केन्द्रीय बैंकलाई फिर्ता दिइनुपर्छ र त्यहीँ राखिनुपर्छ ।’

कारजाइको यो टिप्पणी शुक्रबार अमेरिकी राष्ट्रपतिले त्यो कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि आएको हो जसमा बाइडेन प्रशासनले अफगानिस्तानमा मानवीय संकट र आथिृक स्थितिलाई मध्यनजर गर्दै फ्रिज गरिएको कूल ७ अर्ब सम्पत्तिमध्ये आधा अर्थात साढे ३ बिलियन डलर अफगानिस्तानलाई दिने निर्णय गरेको थियो ।

ह्वाइट हाउसले बाँकी रहेको साढे ३ अर्ब डलर सेप्टेम्बर ११ आक्रमणका पीडितको चलिरहेको मुद्दाको अधिनमा रहेकोले अमेरिकासँगै रहने भनेको थियो । हमिद कारजाइने ओसामा बिन लादेन आफैं अफगानिस्तान नआएको बरु विदेशीले ल्याएको बताए । उनले भने ‘ओसामा पाकिस्तानबाट अफगानिस्तान आएका थिए र फेरि पाकिस्तान फर्किए र त्यहीँ मारिए तर आज अफगानिस्तानका जनता उनको अपराधको मूल्य चुकाइरहेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *