यूरोनियम जस्तो देखिने कालो पदार्थसहित ६ जनालाई पक्राउ

डिसी नेपाल
३ फागुन २०७८ ७:५०
80
Shares

काठमाडौं। प्रहरीले यूरोनियम जस्तो देखिने कालो पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ। काठमाडौंको बौद्धस्थित ह्यात होटल परिसरबाट युरेनियम जस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी बौद्धले जनाएको छ।

सोमबार राति उनीहरुलाई पक्राउ गरेको भएपनि केही बताएको छैन। प्रहरी स्रोतका अनुसार ह्यात होटलको पार्किङमा राखिएको बा ५ च ८२०९ नम्बरको हुण्डाई गेटज कारबाट कालो छालाको झोलामा राखिरहेको अवस्थामा युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको हो।

प्रहरीले बरामद गरिएको सो पदार्थको परीक्षणका लागि पठाउने भएको छ। कालो छालाको जस्तो देखिने कभरले प्याकेट जस्तो बनाई राखेको अवस्थामा बरामद वस्तु परिक्षणपछि मात्र युरेनियम भए नभएको यकिन भएको छैन।

स्रोतका अनुसार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एउटा कार र बा २६ प १६२८ नम्बरको मोटरसाइकलसहित सिराहा लक्ष्मिपुर पतरी गाउँपालिका घरभई हाल ठमेल बस्ने गोपिलाल दास, सिन्धुपाल्चोक हेलम्भु घरभई हाल बौद्ध माहाँकाल बस्ने रामकृष्ण लामिछाने, कपनका भुपेन्द्र खडका, ललितपुरका नवराज महत, सिरहाकै बरियापट्टी घरभई ठमेल बस्ने जिवछ नारायण यादब र महोत्तरी भई गोकर्णेश्वरको शिबचोक बस्ने सुरेन्द्र प्रसाद चौधरीलाई पक्राउ गरेको छ। बरामद गरेको पदार्थको परीक्षण नहुँदासम्म पक्राउ परेको व्यक्तिहरुलाई सार्वजनिक गरेको छैन।

महानगरीय प्रहरीले यसअघि फागुन २०७७ मा साढे दुई किलो युरेनियम डेढ अर्वमा बेचबिखन हुने तयारी भइरहेको अवस्थामा युरेनियम बरामद गरेको थियो। त्यसपछि अहिले यूरोनियम जस्तै देखिने पदार्थ बरामद गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.