क्यानडामा संकटकाल

डिसी नेपाल
३ फागुन २०७८ १०:२७
812
Shares

काठमाडौं। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार विरोध प्रदर्शनहरुलाई अन्त्य गर्नको लागि आपतकालीन शक्तिहरुको प्रयोग गरेका छन् । अमेरिकासँग जोडिएको सीमा बन्द गरिएको छ । आपतकाल अधिनियम अन्तर्गत सरकारले प्रदर्शनकारीहरुको फण्डमा कटौती गर्ने उद्देश्यले यो कदम उठाएका हुन् । पछिल्लो ५० वर्षमा पहिलो पटक क्यानडामा संकटकाल लगाइएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रधानमन्त्री ट्रुडोले मिडियासँग कुरा गर्दै भने ‘यसरी नाकाबन्दी गर्नुले हाम्रो अर्थव्यवस्थालाई नोक्सानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई पनि खतरामा पारिरहेको छ । हामी अवैध र खतरनाक गतिविधिहरु जारी राख्ने अनुमति दिन सक्दैनौं र कहिल्यै दिने पनि छैनौं ।’

अर्कोतर्फ क्यानेडियन सिभिल लिबर्टीज एसोसिएसनले भनेको छ ‘सरकारले आपतकालीन अधिनियमलाई लागू गर्नको लागि मानक पूरा गरेको छैन । आपतकालीन अधिनियमको उद्देश्य सम्प्रभुता, सुरक्षा र क्षेत्रीय अखण्डताका खतराहरुसँग जुध्नका लागि हो ।’

यी प्रदर्शन त्यतिबेला सुरु भएका थिए जब सीमा पार गर्ने ड्राइभरहरुलाई कोभिढ १० खोप वा क्वारेन्टाइन बस्नुपर्ने आदेश दिइयो । यसको विरोधमा क्यानडाका ट्रक ड्राइभरहरुले ‘फ्रिडल कन्भे’ निकाले । साथमा उनीहरुले महामारी प्रतिबन्धदेखि कार्बर करसम्म हरेक कुरामा ट्रुडो सरकारका नीतिहरुको विरोध गर्न थाले ।

प्रदर्शनकारीहरुले ६ दिनको लागि विन्डसर, ओन्टारियो र डेट्रोइटको बीचमा एक महत्वपूर्ण व्यापार मार्ग अम्बेडसर ब्रिजलाई बन्द गरिदिएका थिए । यसलाई आइतबार पुलिसले खाली गरायो । ओटावामा विरोध प्रदर्शन ३ हप्तादेखि जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *