सहिद स्मारक ’ए’ डिभिजन लिगः आज कुन-कुन खेल हुँदै ?

डिसी नेपाल
३ फागुन २०७८ ११:४०
76
Shares

काठमाडौं ।सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबारबाट ११ औं चरणको खेलहरु हुँदैछ ।लिगको ११ औं चरण अन्तर्गत आज दुई स्थानमा दुई खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एकै समयमा हुनेछ ।

दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

अंक तालिकाको अन्तिममा रहेको दुई टोली ब्रिगेड र च्यासल जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । रेलिगेसनबाट जोगिन दुबैका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

त्यस्तै ब्रिगेड ब्वाइज १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा रहेको छ । भने ५ अंक जोडेर च्यासल पुछारमा रहेको छ । जावलाखेल ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ । फ्रेन्ड्स ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *