टी–२० वरीयतामा नेपाल एक स्थान तल

डिसी नेपाल
३ फागुन २०७८ ११:५८
60
Shares

काठमाडौं । आईसीसीको टी–२० क्रिकेट वरीयतामा नेपाल एक स्थान तल खस्किएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १३ औं स्थानमा झरेको छ । यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो ।

सोमबारसम्म ओमानमा सम्पन्न चारदेशीय टी–२० सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजय भएको थियो । सिरिज जितेको युएई भने १२ औं स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *