करणको स्थानमा गुल्सन ओमान जाने
काठमाडौं। आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर गुल्सन झा ओमान जाने भएका छन् ।ढाडको समस्यका कारण करण केसीले विश्वकप छनोट खेल्न नसक्ने भएपछि गुल्सन ओमान जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । करणले यस अघि ओमानमै भएको चारदेशीय टी–२० सिरिज पनि गुमाएका थिए ।
गुल्सन केही दिनभित्रै ओमान जाने तयारी भएकाले भिषाको प्रक्रिया चलिरहेको बताइएको छ । विश्वकप छनोट खेल शुक्रबारबाट ओमानमा सुरु हुदैछ । नेपालले आफ्नो पहिलो खेल घरेलु टाेली ओमानविरुद्ध नै खेल्दैछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment