मोटरसाइकल जेसिबीसंग ठोक्किँदा बर्दियामा एक जनाको मृत्‍यु, एक गम्भीर घाइते

डिसी नेपाल
३ फागुन २०७८ १९:२३
36
Shares

बर्दिया । बर्दियामा मोटरसाइकल जेसिबीसंग ठोक्किँदा एक जनाको मृत्‍यु भएको छ भने एक जना घाइते भएका छन ।

आइतबार, फागुन १, २०७८ साँझ सडक छेउँमा रोकी राखेको जेसिबीसंग बारबर्दिया नगरपालिका वडा नं(८ रम्बापुर स्थित पुर्वपश्चिम राजामार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको कर्णाली प्रदशे २(००१ प २४६१ नंवरको मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा एक जनाको मृत्‍यु भएको तथा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा ठाकुरबाबा नगरपालिका वडा नं(९ का मोटरसाइकल चालक मंगल शाही र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँँ बस्ने धन बहादुर चौधरी सख्त घाइते भएका थिए ।

मोटरसाइकलको पछाडि बसेका धन बहादुर चौधरीको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको छ भने घम्भिर घाइते मोटरसाइकल चालक मंगल शाहीको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै बारबर्दिया नगरपालिका वडा नं(८ बस्ने जेसिबी चालक बसन्त भण्डारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० हेम बहादुर शाहीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.