सप्तरी प्रहरी प्रमुख काफ्लेद्वारा एक दिने प्रशिक्षण

डिसी नेपाल
३ फागुन २०७८ २२:०८

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले कार्यालय मातहत कार्यालय प्रमुखहरुलाई एक दिने प्रशिक्षण दिएका छन् ।

विभागिय नीति निर्देशन अनुसार मंगलबार प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रमुख काफ्लेले जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराध रोकथाम तथा नियन्त्रण, लागुऔषध दुर्व्यसनी तथा अबैध भन्सार छलिका सामानहरु नियन्त्रण गरी आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन प्रभावकारीको विषयमा जानकारी गराए ।

त्यसैगरी समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन, दैनिक प्रहरी गस्ती परिचालन, प्रहरीको वोली वचन व्यवहारमा सुधार गर्दै नागरिक-प्रहरी बीचको समबन्ध सुमधुर बनाउनु पर्ने जानकारी दिएका छन् । यस अघि जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार जुनियर प्रहरी अधिकृतलाई सोमवार प्रहरी प्रमुख काफ्लले सोही बिषयमा प्रशिक्षण दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *