३५ करोडको युरेनियमसहित ८ जना पक्राउ

डिसी नेपाल
३ फागुन २०७८ २२:३९
216
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित हायात रिजेन्सी होटेलको पार्किङ क्षेत्रबाट दुई किलो ८०० ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई काठमाडौँको कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक घर भई काठमाडौँ–६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगरपालिका–१४ का ६० वर्षीय नवराज महत, सिरहा घर भई ठमेल बस्ने ४० वर्षीय गोपीलाल दास र सोही ठाउँका ५५ वर्षीय जीवछनारायण यादव रहेका छन् ।

अन्य पक्राउ पर्नेमा महोत्तरी घर भई गोकर्णेश्वर बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ बौद्ध क्षेत्रमा केही व्यक्तिले विभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट सोमबार खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुरुमा उक्त पार्किङस्थलमा राखेको बा५च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई पक्राउ गरिएको हो । उनीसँगको सोधपुछका क्रममा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी रु ३५ करोडमा बिक्री गर्न लागेको र उक्त कार्यमा अन्य छ जना व्यक्तिको समेत संलग्नता रहेको खुल्न आएपछि उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूउपर आज जिल्ला अदालत काठमाडौँबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत सात दिनको म्याद थप गरी महानगरीय प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.