माओवादी केन्द्र संसदीय दलकाे बैठक सुरु

डिसी नेपाल
४ फागुन २०७८ १०:२६
116
Shares

काठमाडाैं। सत्तारुढ नेकपा (माओवादी) केन्द्र संसदीय दलकाे बैठक सुरु भएकाे छ। सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक भर्खरै सुरु भएको हाे।

आज दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएकाे छ । सरकारले संसदमा एमसिसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलकाे बैठक बाेलाएकाे हाे।

माओवादीका जनवर्गीय संगठन अहिलेकाे अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दाेलनमा छन्। सभामुख अग्नि सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *