कोभिडले ५९ लाखको ज्यान गयो, तर प्रदूषणबाट हुन्छ हरेक वर्ष ९० लाख जनाको मृत्यु
न्युयोर्क। राज्यहरु र कम्पनीहरुले गर्ने प्रदूषणका कारण हुने विश्वव्यापी मृत्यु कोभिड १९ का कारण हुने मृत्युभन्दा बढी भएको राष्ट्रसंघको वातावरणीय प्रतिवेदनले जनाएको छ। मंगलबार प्रकाशित सो अध्ययनले केही विषाक्त रसायनहरु नियन्त्रण गर्न ‘तत्काल र महत्वाकाक्षी कार्य’ का लागि आह्वानसमेत गरेको छ।
विषादी, प्लाष्टिक तथा विद्युतीय फोहरका कारण चैतर्फी मानवअधिकारको उल्लंघन र समय नपुगी हरेक वर्ष ९० लाख जनाको मृत्यु हुने प्रतिवेदनले जनाएको छ। यस विषयलाई धेरै हदसम्म बेवास्ता गरिएको पनि अध्ययनमा बताइएको छ।
वल्डोमिटरको तथ्यांकअनुसार कोभिड १९ बाट अहिलेसम्म ५९ लाख मानिसको मृत्यु भइसकेको छ । यो सख्ंया हरेक वर्ष प्रदूषणका कारण हुने मृत्युभन्दा थोरै हो।
‘प्रदूषण र विषाक्त पदार्थहरूले निम्त्याउने जोखिम व्यवस्थापन गर्ने वर्तमान दृष्टिकोणहरू स्पष्ट रूपमा असफल भइरहेका छन्, जसका कारण स्वच्छ, स्वस्थ र दिगो वातावरणको अधिकारको चौतर्फी उल्लंघन भएको छ,’ प्रतिवेदनका लेखक डेभिड बायडले भने ।
रोयटर्ससँगको अन्तर्वार्तामा उनले भने, ‘यी व्यक्तिहरूले अझ राम्रो गर्नको लागि मलाई लाग्छ अब हामीसँग नैतिक र कानूनी दायित्व छ । ’ स्वच्छ वायु र पानीलाई मानिसहरुको एउटा अधिकार भएको घोषणा गरेको राष्ट्रसंघीय मानव अधिकार परिषद (युएनएचआरसी) ले आफ्नो बेसाईटमा सो प्रतिवेदनको मस्यौदा राखेको छ । यो प्रतिवेदन अर्को महिना यूएनएचआरसीमा पेस गरिनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment