टि–२० विश्वकप ग्लोबल छनोट खेल भोलिबाट
फाइल फाेटाे।
काठमाडौं। अस्ट्रेलियामा यही वर्षको अक्टोबर १६ बाट सुरु हुने टि–२० विश्वकपको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले शुक्रबार अर्थात् फेब्रअरी १८ देखि २४ तारिखसम्म ओमानमा ग्लोबल छनोट खेल खेल्दै छ ।
छनोट खेल अन्तर्गत समूह ‘बि’ मा नेपाल, ओमान, फिलिपिन्स, क्यानडा रहेका छन्। त्यस्तै समुह ‘ए’ – बहराईन, जर्मनी, आयरल्याण्ड, युएई , समूह बि – नेपाल, ओमान, फिलिपिन्स, क्यानडा रहेका छन्।
समूह चरणमा रहेका सबै टिमहरुले एक–अर्कासंग खेलेपछि समूहबाट शीर्ष अंकका साथ फाइनल पुग्ने दुई टोलीले २०२२ टि–२० विश्वकप खेल्ने छ।
नेपालको खेल तालिकाः
फेब्रुअरी १८ – नेपाल भर्सेज ओमान ( नेपाली समये बिहान ११ः४५ बजे )
फेब्रुअरी १९ नेपाल भर्सेज फिलिपिन्स ( नेपाली समय बिहान ११ः४५ बजे )
फेब्रुअरी २१ नेपाल भर्सेज क्यानडा ( नेपाली समय दिउँसो ३ः४५ बजे )
No ads found for this position

डिसी नेपाल
Facebook Comment