जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित

डिसी नेपाल
२६ मंसिर २०७५ १७:५९

इटहरी। सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवं जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको बताए ।

मोरङ सुन्दरहरैचा नगरपालिका गोठगाउँमा पौडेल वंश प्रतिष्ठानद्वारा आज आयोजित श्रीमद् वाल्मिकी रामायण नवाह महायज्ञको उद्घाटन कार्यक्रममा उनले भने, “जातीय एकता र सहअस्तित्वबीचको मिलन तथा एक अर्काको धर्मसंस्कार र संस्कृतिप्रति समान सद्भाव राख्न सक्नु नै हामी नेपालीको विशिष्ठ पहिचान हो ।”

यसैगरी सुनसरीको इटहरीस्थित षडानन्द स्मृति प्रतिष्ठानको १८४आँै जन्मजयन्ती समारोहमा प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले नेपालको इतिहासमा आवाल ब्रहमचारी बालागुरु षडानन्द अधिकारीको विशिष्ठ योगदान रहेको कुरा नेपालले कहिल्यै बिर्सन नहुने बताए ।

नेपालको शिक्षा आन्दोलनमा बालागुरु षडानन्द अधिकारीका विशेष र महत्वपूर्ण योगदान रहेको कुरामा जोड दिँदै उनले भाषाको जननी संस्कृत भाषाप्रति गम्भीर ध्यान दिनुपर्ने बताए।

षडानन्द प्रतिष्ठानका अध्यक्ष टीकाप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विदुषी वृन्दा बराल निरौलालाई दोसल्ला ओढाएर सम्मान गरियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *