नक्कली नेपाली नोटसहित ४ जना पक्राउ  

डिसी नेपाल
५ फागुन २०७८ १३:१८
84
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट नक्कली नेपाली नोट सहित ४ जनालाई पक्राउ गरेको छ। प्रहारले एक हजार दरका दुई सय ९४ थान नक्कली नेपाली नोटसहित ४ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।

उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *