टी–२० वरियतामा नेपाल यथावत,भारत शीर्ष स्थानमा
फाइल फाेटाे।
काठमाडौं । आईसीसी टी–२० वरीयतामा नेपाल वरियता यथावतै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सार्वजनिक गरेको वरीयताक्रम अनुसार १३ औं स्थानमा यथावत रहेको छ । यसअघि १२ औं स्थानमा रहेको नेपालले ओमानमा भएको चारदेशिय सिरिजमा १ खेल मात्रै जित्दा २ खेल गुमाएको थियो । जसका कारण पनि नेपाली टिमको वरियता एक स्थान झरेको थियो ।
आईसीसीको वरीयतामा भारत भने शीर्ष स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको इंग्ल्यान्ड दोस्रो स्थानमा झरेको छ . पाकिस्तान तेस्रो स्थानमा यथावत रहेको छ ।नेपाली राष्ट्रिय टोली अहिले ओमानमा जारी टी–२० ग्लोबल छनोटको लागि आज क्यानडासंग प्रतिस्पर्धा गर्दै छ ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment