कांग्रेस धनुषा जिल्ला सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा

डिसी नेपाल
९ फागुन २०७८ १४:१२

धनुषा ।नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।

पार्टीको जिल्ला सभापतिका लागि आज शेखर कोइराला समूहबाट दिनेशप्रसाद प्रसैलाले उम्मेदवारी घोषणा गरेका छन् ।प्रसैलाले कोइराला पक्षका नेता बद्री पाण्डेको उपस्थितिमा आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । पूर्वसांसद प्रसैलाले संस्थापन पक्ष विभाजित अवस्थामा रहेकाले आफू सभापतिमा जित्ने दाबी गरेका छन् ।

यसअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट दीपक यादव र विमलेन्द्र निधी समूहबाट क्षिरेश्वरनाथ नगरपालिकाका योगेन्द्र पञ्जियारले उम्मेदवारी घोषणा गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *