नेपाल पाकिस्तान मैत्रीपूर्ण टी-२० मा १२ टोली

डिसी नेपाल
९ फागुन २०७८ १५:२६
104
Shares

काठमाडौं। काठमाडौँस्थित पाकिस्तान दूतावासले सोमबार नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२२ को ट्रफी सार्वजनिक गरेको छ ।

प्रतियोगिताको सातौं सस्करण २ मार्चदेखि सुरु हुनेछ, जहाँ १२ टोलीको सहाभागिता रहनेछ । सहाभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा समान तीन टोली रहेका छन् ।

समूह ‘ए’ मा पाकिस्तान दूतावास, एचके क्रिकेट क्लब, लायन क्रिकेट क्लब, समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बल पार्क एकेडेमी, जीएचसीए, समूह ‘सी’ मा आरएस विद्यापीठ, एन्जल्स हार्ट एकेडेमी, क्रिकेट एक्सिलेन्सी सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडेमी छन् ।

समूहको शीर्ष टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइल ९ मार्च र फाइनल १० मार्चमा हुनेछ । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले यो प्रतियोगिताको लोकप्रियता बढ्दै गएको र यसलाई थप विस्तार गर्दै लैजाने बताए ।

‘स्वस्थ समाजका लागि खेलकुद आवश्यक छ,’ शाहले भने, ‘यो प्रतियोगिता युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्दै लैजाने राम्रो अवसर हो । हामी यस प्रतियोगितालाई थप विस्तार गर्दै लैजाने योजनामा छौं ।’

सो अवसरमा पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले भिडियो सन्देशमार्फत प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका थिए ।

‘नेपाल र पाकिस्तानबीचको मित्रताका लागि यो राम्रो प्रतियोगिता हो । युवा र ग्रासरुट क्रिकेट विकासका लागि यो प्रतियोगिताले सुधार ल्याउनेमा म आशावादी छु । प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दछु,’ अफ्रिदीले भने ।

त्यस्तै, पाकिस्तानका पूर्व क्रिकेटर इमरान नाजिरले पनि प्रतियोगिताको सफलताका शुभकामना दिए । उनले यो प्रतियोगिताबाट नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने अपेक्षा राखेको बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले यो प्रतियोगिता नेपाली युवा खेलाडीको क्षमता विकासका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘नेपाल–पाकिस्तान सरकाकरको साझेदारीमा नेपालमा क्रिकेट विकासका लागि यो प्रतियोगिता विगतदेखि नै फलदायी बन्दै आएको छ,’ खड्काले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *