विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्ः राष्ट्रपति भण्डारी

डिसी नेपाल
९ फागुन २०७८ १९:४३
124
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले टी-२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् ।

समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेकेपछि राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालबाट बधाई दिएकी हुन् । उनले नेपाली टोलीलाई नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफलताको कामना व्यक्त गरेकी हुन् ।

‘ओमानमा जारी टी-२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚अग्रिम शुभकामना !’ भण्डारीले शुभकामनामा भनेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *