वडा वडामा कुन पार्टीका मान्छे कति छन् रेकर्ड खोज्दै माओवादी (प्रचण्डको परिपत्रसहित)
काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वडा वडामा गरिबको रेडर्क राख्न प्रदेश कमिटीलाई परिपत्र गरेका छन्।
स्थानीय तह निर्वाचनको तयारीको कामलाई प्रभावकारी बनाउन प्रचण्डले प्रदेश समितिका इन्चार्ज र अध्यक्षलाई गरेको परिपत्रमा गरिबको रेडर्क राख्न भनेका छन्। ‘वडामा न्यून आय भएका वर्ग समुदायका व्यक्तिको नामावली संकलन गर्ने र उनीहरुको विशिष्ट समस्या पहिचान गर्ने,’ प्रचण्डले जारी गरेको परिपत्रमा भनिएको छ।
संगठन सुदुढिकरण अभियानलाई तीव्र बनाउन भन्दै गरिएको परिपत्रमा कुन वडामा कुन राजनीतिक दलप्रति आस्था राख्ने कति कार्यकर्ता छन् उनीहरुको पहिचान गर्न पनि भनिएको छ।
‘वडाभित्र विभिन्न जाति, लिंग, उमेर समूह, पेशा व्यवसायका मतदाताहरुको अलग अलग नामावली तयारी गर्ने र राजनीतिक झुकाव कुन पार्टीलाई रहेको पनि खुलाउने,’ परिपत्रमा भनिएको छ, ‘विभिन्न समूहहरुको विशिष्ट समस्या र आवश्यकताको पहिचान गर्ने।’
माओवादीले वडामा सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तिहरु, स्थानीय शिक्षक, कर्मचारी, स्थानीय क्लबसँग आवद्ध युवा, विभिन्न धार्मिक समूह र प्रतिष्टानसँग आवद्ध व्यक्ति, ज्योतिष, धामी झाँक्री र धमृ गुरुहरुको नामावली संकलन गर्ने र उनीहरुको राजनीतिक झुकाव आवश्यकता र समस्या पहिचान गर्न भनेको छ।
यस्तै माओवादीले पूर्व जनमुक्ति सेना, स्थानीय जनसरकारका पदाधिकारी र सदस्य, पूर्वकालीन कार्यकर्तालगायतलाई अभियानात्मक रुपमा पार्टी प्रवेश गराइ उपयुक्त जिम्मेवारी प्रदान गर्न पनि भनेको छ।







डिसी नेपाल








Facebook Comment