प्रदेश १ काे नामाकरण आइतबार गर्ने तयारी
काठमाडाैं। प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ। प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ। सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो। प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ।
प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र संघीय लिम्बुवान मञ्च सरकारमा छ। यो गठबन्धनको सामान्य बहुमत मात्र छ।
९२ सांसद भएको प्रदेश–१ मा एमालेका ४१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, नेकपा (एस)मा १०, जसपामा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक÷एक सांसद छन्।
एमालेविना दुई तिहाइ पुग्दैन। नामंकनका विषयमा गठबन्धनभित्र कांग्रेसबाहेकको दलमा पहिचानसहितको नाम राख्नेमा एक मत छ । अर्थात्, किराँत, लिम्बुवानजस्ता नाममा गठबन्धनभित्र कांग्रेसबाहेकका दल एकमत छ। तर, एमाले यी नाममा सहमत छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment