युक्रेनमा सैन्य कारवाही सुरु भएको पुटिनको घोषणा, दोनेत्स्कमा भयंकर विष्फोट

डिसी नेपाल
१२ फागुन २०७८ १०:३३
352
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफूले सैन्य कारवाही सुरु गरेको घोषणा गरेका छन् । युक्रेन संकटका विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन बैठक चलिरहेका बेला पुटिनले यस्तो घोषणा गरेका हुन् । पुटिनले एक टेलिभिजन सम्बोधनका क्रममा सैन्य कारवाहीको घोषणा गरेका हुन् ।

पुटिनको घोषणासँगै बीबीसीकी पूर्वी युरोप संवाददाता सारा रेन्सफोर्डले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमा आफूले भयंकर विष्फोटको आवाज सुनेको बताएकी छिन् । उनी अहिले दोनेत्स्क क्षेत्रमै रहेको बीबीसीले जनाएको छ । पुटिनको घोषणापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति पुटिनको विशेष सैन्य अभियानको घोषणा अकारण र अनुचित भएको बताएका छन् ।

बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई दोष ठहर गर्दै भने ‘राष्ट्रपति पुटिनले पहिलेदेखि तय एक युद्धलाई रोजेका छन् जसले मानिसहरुको ज्यान लिनेछ र मानव त्रासदीको कारण बन्नेछ ।’ उनले यो युद्धका कारण हुने मृत्युहरु र विनाशको लागि रुस मात्रै जिम्मेवार हुने बताएका छन् । अमेरिका र उसका सहयोगी देशहरुले एकजुट भएर यसको जवाफ दिने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *