युक्रेन फुटाएर छुट्टै देश बनाउने पृथकतावादी नेता के भन्छन् ?
काठमाडौं। रुस समर्थित युक्रेनका पृथकतावादीको नियन्त्रणमा रहेको क्षेत्रका एक नेताले अहिलेको परिस्थितिबारे बयान दिएका छन् । पृथकतावादी नेता तथा दोनेत्स्क पिपुल्स रिपब्लिकका प्रमुख डेनिस पुसिलिनले युक्रेनी सेना यी पृथकतावादी क्षेत्रबाट फर्केर जानुपर्ने बताएका छन् । उनले युक्रेनी सेनाले आफूसँगै हतियार पनि फिर्ता लैजानुपर्ने बताए ।
डेनिस पुसिलिनले रुसको सरकारी मिडियालाई दिएको एक अन्तरवार्तामा भने ‘जस्तो किसिमका परिस्थिति बनेका छन् यसमा सबैभन्दा राम्रो विकल्प यही हो कि युक्रेनको सेना यी षेत्रलाई छोडेर फिर्ता जाओस् ।’
गत सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रलाई सम्बोधन गरेका थिए । यो सम्बोधनपछि उनले एक शासनादेशमा हस्ताक्षर गरे जसका अनुसार रुसले पूर्वी युक्रेनको पृथकतावादीको नियन्त्रणमा रहेका २ क्षेत्रलाई मान्यता दिए र त्यहाँ रुसी सैनिक पठाउने आदेश दिए ।
यसपछि युक्रेन संकटमा नयाँ मोड आएको छ । यद्यपि पृथकतावादहिरुले युक्रेनमा त्यो षेत्रभन्दा कैयौं धेरै भूभागमा आफ्नो दावी गर्छन् जहाँ अहिले उनीहरुको नियन्त्रण छ । यी पृथकतावादीहरुलाई रुसले समर्थन गरिरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment