रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि चीनले के भन्यो ?

डिसी नेपाल
१२ फागुन २०७८ १२:३३
6.1k
Shares

काठमाडौं। रुसले युक्रेनमा सैन्य कारवाही सुरु गरेको छ । राजधानी किभसहित विभिन्न ठाउँहरुमा मिसाइल आक्रमण भइरहेको छ । रुसले युक्रेनका सैन्य अड्डा र एयरबेसलाई निशाना बनाइएको बताएको छ । यही बीच रुसले युक्रेनको एयर डिफेन्स सिस्टमसमेत ध्वस्त पारिदिएको दावी गरेको छ । रुसले आक्रमण सुरु गर्दै गर्दा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक पनि चलिरहेको छ ।

बैठकमा चीनले युक्रेन संकटका विषयमा शान्तिपूर्ण समाधानको बाटो अझै पनि बन्द नभएको बताएको छ । संयुक्त राष्ट्रसंघका चीनका राजदूत जांग जुनले भने ‘यो बाटो बन्द हुनु पनि हुँदैन ।’ उनले चीनले ती जुनसुकै कूटनैतिक कदमको पनि स्वागत गर्ने बताएका छन् जुन कदम युक्रेनको संकट समाधानको लागि हुनेछन् ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान टेलिभिजन सन्देश जारी गर्दै पूर्वी युक्रेनमा विशेष सैन्य कारवाहीको घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा यस विषयमा चर्चा भइरहेको छ । पुटिनले युक्रेनका सैनिकलाई हतियार छाड्न भनेका छन् । उनले यस मामिलामा दखल दिनेहरुलाई रुसले जवाफ दिने पनि बताएका छन् । राष्ट्रपति पुटिनले रुसले युक्रेनमा कब्जा गर्न नचाहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनको कदमको आलोचना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव उन्टोनियो गुटेरेसले राष्ट्रपति पुटिनसँग मानवताको नाममा आफ्ना सैनिकलाई फिर्ता बोलाउन अपिल गरेका छन् । केही दिनअघि राष्ट्रपति पुटिनले युक्रेनका पृथकतावादीको नियन्त्रणमा रहेका दुई क्षेत्र लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र देशको मान्यता दिएका थिए । त्यसपछि यहाँको स्थिति तनावपूर्ण छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *