रुसले युक्रेनमा गरेको आक्रमणले बजार प्रभावित, शेयर मार्केट ध्वस्त, तेलको मूल्यमा उछाल

डिसी नेपाल
१२ फागुन २०७८ १३:४०
608
Shares

काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान युक्रेनमा विशेष सैन्य अभियानको घोषणा गरे । त्यसपछि विश्वव्यापी स्तरमा घटनाक्रमहरु निकै तीब्र रुपमा बदलिँदै गएका छन् । यो परिवर्तनको सीधा असर बजारमा पनि परेको छ ।

बढ्दो तनावको कारण कच्चा तेलको मूल्य १०० डलर प्रतिब्यारलसम्म पुगेको छ । रुसका राष्ट्रपतिको घोषणाको ठिक पछि कच्चा तेलको मूल्यमा ७ वर्षको रेकर्ड तोडिएको छ । विगत ७ वर्षमा यस्तो पहिलो पटक भयो जब कच्चा तेलको मूल्य १०० डलर प्रतिब्यारलभन्दा माथि पुग्यो ।

आक्रमणको खबरको असर शेयर बजारमा पनि परेको छ । शेयर बजारमा २ देखि ३ प्रतिशत गिरावट रेकर्ड गरिएको छ । विगत केही दिनदेखि नै विश्वव्यापी रुपमा बढ्दो तनावको असरले बजारलाई पनि प्रभावित पारिरहेको छ ।

बीबीसी एसिया बिजनेस संवाददाता मेरिको ओइका अनुसार लगानीकर्ता सुरक्षित लगानीतर्फ भागिरहेका छन् । सुनको मूल्य एक वर्षको सबैभन्दा उच्च स्तरमा पुगेको छ । यसका अलावा अमेरिकी डलर र जापानी येन पनि बलियो भएका छन् ।

बिजनेश इनसाइडरका अनुसार रुस युक्रेन संकटको असर भारतीय बजारमा पनि परेको छ । बिहीबार भारतीइ शेयर बजार क्रयाश भएको छ । नेपालको शेयर बजारमा पनि यसको गम्भीर नकारात्मक असर परेको छ । यो समाचार तयार पार्दासम्म नेप्से इन्डेक्समा ४४.८५ अंकको गिरावट आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *