रुसको आक्रमणले युक्रेनमा के–कति क्षति भयो ? क्षतिबारे युक्रेनले के भन्छ ?
काठमाडौं। युक्रेनको पुलिसका अनुसार रुसले गरेको बमबारीमा ७ जनाको मृत्यु भएको छ र कैयौं घाइते भएका छन् । अधिकारीहरुका अनुसार पोदिल्स्कमा एक सैन्य अड्डामा भएको आक्रमणमा ६ जना मारिएका छन् र ७ जना घाइते भएका छन् । १९ जना बेपत्ता भएको बताइएको छ ।
पुलिसका अनुसार एक व्यक्तिको मृत्यु मेरियोपालमा भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान युक्रेनमा सैनिक कारवाहीको घोषणा गरेका थिए । त्यसपछि रुसले उुक्रेनका कैयौं सैनिक बेस र एयर बेसमा आक्रमण गरेको छ । युक्रेनले पनि यसको पुष्टि गरेको छ । युक्रेनले कैयौं ठाउँमा मिसाइल आक्रमण भएको बताएको छ ।
रुसले भने आवासीय क्षेत्र र सवैसाधारण भएको क्षेत्रमा आक्रमण नगरिएको बताएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा सदस्य देशहरुले संयम अपनाउन सल्लाह दिएका छन् । कैयौं देशहरुले कूटनीतिक तरिकाले समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment