युक्रेनले रुसका ५० सैनिक मारिदियो, ६ वटा जहाज खसालिदियो

डिसी नेपाल
१२ फागुन २०७८ १४:४६
30.0k
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै रुसी सेनाले युक्रेनमा आक्रमण गरिरहेको छ । यही बीच युक्रेनको सेनाले निकै ठूलो दावी गरेको छ । युक्रेनी सेनाले गरेको दावीअनुसार युक्रेनको चास्त्या सहर युक्रेनी सेनाकै नियन्त्रणमा छ ।

युक्रेनी सेनाको दावीअनुसार उनीहरुले रुसमा ५० सैनिक मारिदिएका छन् । यसबाहेक छैटौं विमान पनि खसालिदिएका छन् । यसअघि ५ वटा विमान र एउटा हेलिकप्टर खसालिदिएको दावी गरिएको थियो ।

यसैबीच राजधानी किभमा भागाभाग मच्चिएको छ । राजधानी किभ छाड्न चाहने मानिसहरुका कारण सडकमा भारी जाम भएको छ । युक्रेनको केन्द्रीय बैंकका गभर्नरले बैंकबाट पैसा निकाल्न पाउने सीमा निर्धारण गरिने बताएका छन् । यससँगै अब आफ्नो खाताबाट १ दिनमा १ लाख रिभ्निया मात्र निकाल्न पाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *