युक्रेनका सीमा रक्षकले भने ‘रुसी सैनिक दक्षिणी भागमा प्रवेश गरे’
काठमाडौं। युक्रेनको बोर्डर गार्ड सर्भिसले तस्वीर जारी गर्दै रुसी सैनिक वाहन दक्षिण युक्रेनमा प्रवेश गरेको दावी गरेको छ । तस्वीरहरुको माध्यमबाट डीपीएसयुले रुसी सैनिक वाहन क्रिमिया प्रायद्विपमा प्रवेश गरेको बताएको छ । रुसले २०१४ मा क्रिमियामा आफ्नो नियन्त्रण कायम गरेको थियो ।
डीपीएसयुको दावीअनुसार दक्षिण युक्रेनमा प्रवेश गर्नुभन्दा पहिले रुसी सैनिकले गोलाबारी गरे । युक्रेनका अनुसार रुसी सैनिक टुकडीहरु देशको पूर्वी र उत्तरी क्षेत्रबाट पनि प्रवेश गरेका छन् । युक्रेनका अनुसार उत्तरमा बेलारुसबाट रुसी सैनिक युक्रेनमा प्रवेश गरेका छन् । पूर्वमा रुसबाटै प्रवेश गरेका छन् ।
यही बीच समाचार एजेन्सी रोयटर्सले युक्रेनको पुलिसको अवाला दिँदै अवकाश पाइसकेका सैनिकहरुलाई हतियार दिइरहेको बताएको छ ताकि रुसको सामना गर्न सकियोस् । यस्ता पनि रिपोर्ट छन् कि युक्रेनका जनतालाई देशको टेरिटोरियल डिफेन्स युनिटमा सहभागी हुनको लागि प्रोत्साहित गरिँदैछ ।
युक्रेनको राजधानी किभ र खारकिभमा विष्फोटका आवाजहरु सुनिँदैछन् । बिहीबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको घोषणा गरेका थिए । पुटिनले आफूले युक्रेनमा कब्जा गर्न नचाहेको बताउका छन् । उनले युक्रेनको सेनालाई हतियार छाड्न भनेका थिए । पुटिनको घोषणापछि युक्रेनमा हवाइ हमला सुरु भएका हुन् ।







डिसी नेपाल







Facebook Comment