रुसले युक्रेनमा आक्रमण गरेपछि चीनले ताइवानमा आक्रमण गर्ने त्रास बढ्यो
काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले युक्रेनमा आक्रमण गरेको छ । लामो समयदेखि युद्ध हुन सक्ने आशंका गरिएको यो विवादमा युद्ध भएको अवस्थामा युक्रेनको साथमा अमेरिकासहित नेटो देशहरु र रुसको साथमा चीन हुने कुरा लगभग पहिले नै तय थियो । तर, अब रुसले युक्रेनमा आक्रमण गरेसँगै ताइवानमा कब्जा गर्नको लागि चीनले पनि आक्रमण गर्न सक्ने त्रास बढेको छ ।
रुस युक्रेन युद्धको क्रममा अन्तर्राष्ट्रिय समुदायले चीनका गतिविधिमा पनि निगरानी गरिरहेका छन् किनकि चीन लामो समयदेखि रुसको पक्षमा छ । चीन पनि रुसजस्तै नेटोको विस्तार चाहँदैन । यद्यपि चीनले रुस युक्रेन युद्धमा सुरक्षित बाटो रोजेको छ । एकातिर कैयौं देशहरुले युक्रेनको विरुद्ध उठाइएका रुसका कदमको विरोध गरिरहेका छन् । अर्कोतिर चीनले न रुसका कदमको विरुद्ध केही बोलेको छ न रुसको पक्षमा केही भनेको छ ।
अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएपछि भने चीन खलेर रुसको पक्षमा आएको छ । अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको चीनले विरोध गरेको छ र यसलाई आगोमा घिउ हाल्ने काम भनेको छ । चीनले भनेको छ ‘प्रतिबन्धले कहिल्यै पनि समस्याको हल गर्दैनन् । चीन अवैध र एकतर्फी प्रतिबन्धको लगातार विरोध गर्छ ।’ चीनले अमेरिकालाई युक्रेन र रुससँग सम्बन्धित मुद्दाहरुमा निर्णय गर्दा चीन र अन्य देशको हितलाई नोक्सानी नगर्न चेतावनी दिएको छ ।
यसअघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा चीनले सबै पक्षलाई संयम अपनाउन र युक्रेन विवादको कूटनैतिक समाधान खोज्ने हरेक प्रयासलाई बढावा दिन अपिल गरेको थियो । चीनले आफ्नो बयानमा रुसको आलोचना गरेन तर उसले रुसको पक्षमा पनि केही टिप्पणी गरेन ।
यसअघि बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटनको क्रममा रुसी राष्ट्रपति पुटिन ३ फेब्रुअरीमा चीन गएका थिए । त्यसपछि दुवै देशले संयुक्त बयान जारी गरेका थिए । यही बयानमा चीनले पनि नेटोको विस्तार गर्न खोजिएकोप्रति आपत्ति जनाएको थियो । चीन र रुस साथमा मिलेर पश्चिमी लोकतन्त्रको ग्लोबल मोडललाई कमजोर पार्न साथमा काम गर्छन् । यसको लागि रुसको युक्रेनसँग युद्ध गर्ने कदम सहयोगी हुनेछ ।
चीनले सधैं ताइवानलाई आफ्नो अभिन्न अंग बताउँदै आएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि अब यस्तो मान्न थालिएको छ कि चीन पनि ताइवानमा पुटिनको बाटोमा अघि बढ्न सक्छ । चीनले निकै नजिकबाट रुस युक्रेन युद्धमा पश्चिमको प्रतिक्रिया हेरिरहेको छ । चीनका अनुसार युरोपेली देश र अमेरिकाको भूराजनीतिक चिन्ताको सन्दर्भमा अलग अलग प्राथमिकता छन् । चीनको लक्ष्य छ कि ताइवानलाई आफ्नो राजनीतिक मागको अगाडि झुक्न र चीनको कब्जा स्वीकार गर्न बाध्य पार्न सकियोस् ।
चीनले पहिले नै संकेत गरेको थियो कि उसले युक्रेनमा रुसी कब्जालाई समर्थन गर्ने छैन । म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ विदेशमन्त्री वांग यीले सबै पक्षलाई युद्धबाट बच्न भनेका थिए । वांगले भनेका थिए ‘चीनको मान्यता छ कि सबै देशको सम्प्रभुता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान र यसको सुरक्षा गरिनुपर्छ । युक्रेन कुनै अपवाद होइन ।’ केही दिनअघि पनि उनले अन्तर्राष्ट्रिय समुदायसँग नयाँ शीतयुद्धको कुनै पनि कोसिस सफल हुन नदिन आह्वान गरेका थिए ।







डिसी नेपाल







Facebook Comment