कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु
काठमाडौं । नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए ।
बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो ।
संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् ।
दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए ।
त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए ।
देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा काङ्ग्रेस उपसभापति पुर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ बिच १९:०० बजेदेखि भेटवार्ता सुरु भएको छ।







डिसी नेपाल







Facebook Comment