प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

डिसी नेपाल
१३ फागुन २०७८ ८:१०
156
Shares

काठमाडाैं। प्रतिनिधि सभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ। बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि छलफल हुँदैछ। बिहीबार बस्ने तय भएकाे बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए।

एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन। विशेष गरी एमसीसीका विषयमा सत्ता गठबन्धनबीच विवाद छ।

सरकारकाे नेतृत्व गरेकाे दल नेपाली कांग्रेस एमसीसी पारित गर्नु पर्ने पक्षमा छ भने अन्य सहयाेगी त्यसकाे विराेधमा छन्। गठबन्धनभित्र सहमति नबनेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षसँग सहकार्यकाे प्रस्ताव गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.