एमसीसीमा नेकपा (एस)को योजनाः सैद्धान्तिक छलफलमा सहभागी हुुने तर बिरोध गर्ने
काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ।
आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफनो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार संसोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ।
‘आजबाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौं,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तर, यसरी छलफलमा सहभागी भए पनि संसोधन बिना एमसीसी पारित गर्न हुदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौं ।’ उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो? त्यो संसदवाटै थप जानकारी दिने योजना राखिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment