युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो-स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कनु

डिसी नेपाल
१४ फागुन २०७८ ९:०७
924
Shares

काठमाडौं। सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरीहुँदै बाहिर निस्कन आग्रह गरेको छ। युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो।

‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनत्राट निस्कन चाहने विदेशी नागरिकहरुलाई मानवीयताको आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ।

सुरक्षित तवरले नेपाल फर्कनका लागि ती मुलुकहरु तर्फ जान सकिने दूतावासले जनाएको छ।

सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमतिपत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी र डिजिटल फोटो दूतावासको इमेल ठेगानामा पठाउन पनि दूतावासले आग्रह गरेको छ।

दूतावासले स्लोभाकिया पुगेपछि ००४२१९४०७७८५९४४ नम्बरमा जय प्रसाद शिवाकोटी, पोल्याण्ड पुगेपछि ००४८६०६८५२८३७ नम्बरमा मा डा. बोधराज सुवेदी र ००४८७२९२१२६७३ नम्बरमा जीवन कुमार क्षेत्री र हंगेरीमा ००३६७०५३०८७९३ मा सुरेन्द्र श्रेष्ठलाई सम्पर्क गर्न भनेको छ।

रुसले गत बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको उद्धारमा सरकार जुटेको हो । युक्रेनमा हवाई उडन निषेध गरिएका कारण त्यहाँ रहका विदेशीको उद्धार हुन सकेको छैन ।

यसैक्रममा स्वदेश फर्कन चाहने विदेशीको लागि छिमेकी स्लोभाकिया, पोल्याण्ड र हंगेरीले सीमा खुला गरिदिएपछि स्थल मार्गबाट उद्धार प्रक्रिया अघि बढाइएको हो ।
यु्क्रनेमा रहेका १९३ नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । उनीहरु सबै हालसम्म सुरक्षित रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार स्थायी रुपमा बसोबास गर्ने ३८ जना र युरोप र अमेरिका जाने क्रममा रहेका करिव २ सय नेपाली युक्रेनमा रहेका छन् । गैरआवासीय नेपाली संघले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *