एमसीसीमाथि छलफल हुने संसदको कार्यसूची सार्वजनिक
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको आइतबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।
सम्भावित कार्यसूचीको पहिलो बुँदामाप्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश गर्ने उल्लेख छ।
कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।
यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ। बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ।
प्रतिनिधिसभा बैठक स्थगित गरेर दलहरु आन्तरिक छलफलमा व्यस्त छन् ।








डिसी नेपाल







Facebook Comment