रुसको मलाई समात्ने योजना असफल भयो – युक्रेनी राष्ट्रपति

डिसी नेपाल
१४ फागुन २०७८ १८:४४
2.5k
Shares

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार फेरि नयाँ भिडियो सन्देश जारी गरेका छन् । यो भिडियोमा उनले आफ्नो सेनाले रुसको त्यो योजना विफल पारेको दावी गरेका छन् जुन योजना अनुसार रुसले गत राती उनलाई समातेर उनको ठाउँमा आफ्नो नेतालाई स्थापित गराउन चाहन्थ्यो ।

भिडियो सन्देशमा जेलेन्स्कीले भने ‘हामीले उनीहरुको योजना बेकार गरिदियौं ।’ उनले युक्रेनको सेनाको राजधानी किभ र आसपासका क्षेत्रमा पूरा नियन्त्रण रहेको बताए । उनले युक्रेनका हरेक सहरमा रुसी सैनिकलाई कडा टक्कर दिइएको बताए । साथमा उनले रुसी जनतासँग आफ्ना राष्ट्रपतिमाथि यो आक्रमण बन्द गर्न दबाब बढाउन आग्रह पनि गरे ।

उनले आफ्नो भाषणको केही भाग रुसी भागमा गरे र भने ‘हजारौं पीडितहरु, सयौं बन्दीहरुले बुझ्न सकिरहेका छैनन् कि उनीहरुलाई युक्रेन किन पठाइयो । उनीहरुलाई यहाँ मर्न र अरुलाई मार्नको लागि पठाइयो । तपाइन् जति छिटो आफ्नो सरकारलाई यो लडाइँ बन्द गर्न भन्नुहुन्छ तपाइँका त्यति नै मानिसहरु जीवित रहन सक्नेछन् ।’

जेलेन्स्कीले यसअघि किभका सडकमा हिँड्दै बनाइएको एउटा भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनले आफूले आफ्नो सेनालाई रुसको अगाडि आत्ममिर्पण गर्न आदेश दिएको भन्दै सामाजिक संजालमा फैलाइएको दावी गलत भएको बताएका थिए । त्यो भिडियोमा उनले भनेका थिए ‘म यहीँ छु । हामी आत्मसमर्पण गर्ने छैनौं । हामी आफ्नो देशको रक्षा गर्नेछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *