गठबन्धन कायमै राख्नेगरी एमसीसीमा सहमतिको खोजी
काठमाडौं। सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरि एमसीसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन्।
शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसीसीमा सहमति जुटाउन छलफल भएको हो। छलफल पछि माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए। उनले समस्याको समाधान हुनेगरि छलफल भइरहेको समेत बताए। प्रचण्डले गठबन्धन नटुट्ने दावी गरे।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थीतिमा एमसीसी पारित गर्न नसक्ने अडान कायम रहेको बताए। एमसीसीको मुद्धाले धेरै बिषयलाई असर पार्ने भएकाले संसदमा हुने निष्कर्षले नयाँ घटनाक्रम पैदा हुने उनको भनाइ छ। उनले एमसीसीलाई गठबन्धनसंग जोड्न नहुने तर्क गरे।
त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा मध्यमार्गीका बिषयमा कुनै छलफल नभएको बताए। उनले मुलुकको हित बिपरितका प्रावधानलाई नसच्चाएसम्म एमसीसीलाई पारित गर्न नसकिने निर्णय कायमै रहेको जानकारी दिए।
एमसीसीका बारेमा मतभेद भएपछि गठबन्धन घटक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन्। एमसीसीका कारण दुई पटक स्थगीत गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ।







डिसी नेपाल








Facebook Comment