खानेपानी संस्थाकाे चुनावमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

डिसी नेपाल
१५ फागुन २०७८ ८:१६
868
Shares

बुटवल। रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित भएका हुन् । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका माेतिलाल ढकाललाई पराजित गरेका हुन्।

कुँवर यसअघि पनि उक्त संस्थाकाे अध्यक्ष थिए। कुँवर सँगै सबै पदमा उनकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी भएका छन्।

चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्वाचित भएका छन् । सदस्यमा चक्रपानी न्यौपाने, अनिता कुँवर, उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी, रिमबहादुर ढेगा, विष्णुप्रसाद भट्टराई र रुकमाङगत भारती छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.