एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?

डिसी नेपाल
१५ फागुन २०७८ १३:०४
320
Shares

काठमाडौं। सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए।

पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसीबारे देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो। एमसीसी अनुमोदन भएमा अमेरिकी सेना आउनेदेखि नेपालको कानुनभन्दा माथि रहेको भन्ने विषयलाई स्पष्ट पार्दै नेपालको अडान प्रस्तुत गर्ने गरी व्याख्यात्म टिप्पणी गरिने पौडेलले बताए।

एसमीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानअनुसार चल्ने र नेपालको आर्थिक विकास सहायता रहेको स्पष्ट पार्ने कार्यलाई नै व्याख्यात्मक टिप्प्णी भनिएको नेता पौडेलले जानकारी दिए।

एमसीसी संसदबाट अनुमोदन गर्न नहुन बताउँदै आएका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अन्ततः पारित गर्न राजी भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *