एमसीसी अनुमोदन गर्ने निर्णयपछि माओवादी कार्यकर्ताले छाडे नयाँ बानेश्वर

डिसी नेपाल
१५ फागुन २०७८ १४:०५
8.6k
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन्।

एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन्।

बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन्। एमसीसीमाथि छलफल गर्न आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.