व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने एकीकृत समाजवादीकाे निर्णय
काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको छ। आज बानेश्वरमा बसेको पार्टीको बैठकले एमसिसी पारित गर्ने निर्णय गरेको हो।
नेकपा एसको स्थायी कमिटी बैठकपछि सचिव रामकुमारी झाँक्रीले गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने निर्णय भएको जानकारी दिइन्।
आज बिहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment