देशभर १११ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

डिसी नेपाल
१५ फागुन २०७८ १७:२४
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७ सय १० जनाको नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी सोही समयमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *