१-२ असारमा विधान अधिवेशन गर्ने जसपाको निर्णय

डिसी नेपाल
१८ फागुन २०७८ १४:३५
64
Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले आउँदो १ र २ असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ।

विज्ञप्ति

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक २०७८ साल फाल्गुन १३ गते देखि जारी रहेको छ । फाल्गुन १६ गते बसेको उक्त बैठकले २०७८ साल फाल्गुन २८ गते संघीय परिषद् र फालान २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरियो । सोही बैठकले २०७९ साल असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरिएको छ।

प्रकाश अधिकारी
केन्द्रीय कार्यालय प्रमुख




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.