एन्फाले पत्र काटे पनि एनएसएलको अक्सन नरोकिने !
काठमाडौं । फ्रेन्चाइज फुटबलको नेपाल सुपर लिग (एनएसएल)को आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा)को आग्रहका बावजुद अक्सनलाई भोलि (शुक्रबार) तोकिएकै समयमा गर्ने तयारी गरेको छ ।
एनएसएल आयोजक कमिटीका एक पदाधिकारीले भोलिका लागि सबै तयारी भइसकेको र एन्फासँगको मौखिक सहमतिमै मिति राखिएकाले नरोक्ने बताए ।
एन्फाले भने भोलिको अक्सन रोक्न पत्र काटेको थियो । एन्फाका पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच शुक्रबार बसेको बैठकले स्थगित गर्न एनएसएलको आयोजक नेपाल स्पार्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काटेको थियो ।
आफूहरूसँग अनुबन्ध भएका खेलाडी धमाधम एनएसएलले करार गर्न थालेको र आफ्नो क्लबबाट दर्ता रहेका खेलाडीलाई समावेश गरेर अक्सन गर्ने कुराप्रति सहिद स्मारक ए डिभिजन लिग च्याम्पिनयन मछिन्द्र क्लबसहित आठ क्लबले गम्भीर ध्यानाकर्षण गराउँदै आएको थियो ।
आयोजक एनइएसएमले सोल्टीमा बिहान १० बजे अक्सनका लागि तयारी गरेको थियो। यद्यपि, त्यसप्रति आपत्ति जनाउँदै एन्फा पुगेका आठ क्लब र उपलब्ध एन्फाका पदाधिकारीबीचको छलफलले भोलिको अक्सन रोक्न एनइएसएमलाई पत्र काट्ने निर्णय गरेको थियो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष उपेन्द्रमान सिंह, मानार्थ उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधारसँगै कार्यसमिति सदस्यहरू पूर्णमान चित्रकार, रत्नकुमार श्रेष्ठ, दावा लामा, विजय घलेलगायतको उपस्थिति थियो ।







डिसी नेपाल







Facebook Comment