बिक्रम बराल, सुमित पाठक, रवी ओड र अस्मिता अधिकारी ‘कोरिया टूर’ जाँदै !
दक्षिण कोरियाको महत्वपूर्ण चाड सलनालको मुख्यदिन अर्थात फेब्रुअरी ५ का दिन नेपाल आइडलका शीर्ष ४ प्रतिस्पर्धीले राजधानी सउलमा आफ्नो प्रस्तूति दिने भएका छन्। नेपाल आइडल सिजन टु का चार प्रतिस्पर्धी बिक्रम बराल, सुमित पाठक, रवी ओड र अस्मिता अधिकारीसहितका कलाकारको कोरिया टूर तय भएको हो।
कोरियामा रहेर नेपाल र नेपालीको हितमा सक्रिय नुवाकोट समाजले कोरियामा रहेका प्रदेश नम्बर ३ का जिल्लाबासी एवं अन्य संघ संस्थासँगको सहकार्यमा आइडल टोलीको टूरका लागि एपी वान एचडी टेलिभिजनसँग सम्झौता गरेको हो। कार्यक्रम नितान्त सामजिक सेवाका लागि गर्न लागिएको र संस्थाका अध्यक्ष सन्तोषकुमार राईले जानकारी दिए।
कार्यक्रमबाट उठेको पैसा नुवाकोट जिल्लका दुर्गम क्षेत्रमा बसोबास गर्ने बालबालिकाको शिक्षाका लागि खर्च गरिने आयोजक समितिका सचिब सुन्दरप्रसाद अधिकारीले बताए। कोरियामा नेपाल आइडलको निक्कै क्रेज छ।यो सिजनका टप चार प्रतिस्पर्धीको प्रस्तुतिको समाचारले कोरियाबासी नेपाली उत्साहित भएको आयोजकले बताएका छन्। कार्यक्रमको विस्तृत विवरण पछि दिइने आयोजकले बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment